संसद विघटनसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलास तोकियो
काठमाडौं, २०७७ पुस १० गते शुक्रबार
सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि पाँच जनाको जनाको संवैधानिक इजलास तोकेको छ ।
सो अनुसार प्रधानन्याधीश चोलेन्द्र शम्शेर जवारा, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीकाे इजलासले सो मुद्दामा सुनुवाइ गर्नु हुने छ ।
यस अघि संसद विघटन विरुद्ध परेका सबै १२ वटा रिटमाथि सुनुवाइ गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराले सबै रिट निवेदनलाई संवैधानिक इजलसमा पठाउने आदेश गर्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न असहयोग भएको कारण देखाउँदै आइतबार प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।गोरखापत्र
Facebook Comments