Sat. Jul 27th, 2024

प्रधानमन्त्री ओली पुष २० गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्बिर

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली आउदो पुष २० गते भारत भ्रमणमा जाने हुनुभएको छ। प्रधानमन्त्रीको भारत भ्रमण पुस २० गतेभित्र हुने गरी दुबैतर्फका कूटनीतिक र राजनीतिक संयन्त्र परिचालन भइसकेको परराष्ट्रमन्त्रालयका एक अधिकारीले जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिम रुप दिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली केही दिनपछि नै भारत जाँदै हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्षसमेत रहनु भएका ओलीले पार्टीको आन्तरिक कलहलाई साम्य पार्न नसकेपछि केही दिनअघि मात्रै प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । देशको राजनीतिक अवस्था लथालिंग भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमणको आन्तरिक तयारी शुरु गरिसकिएको खवर नेपालले समाजले लेखेको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई प्रतिनिधि सभा भंग पश्चातको भारतीय समर्थन लिने प्रयासका रुपमा हुने रणनीतिक भ्रमणको रुपमा हेरिएको छ ।

Facebook Comments