Sat. Jul 27th, 2024

प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीको भेट

काठमाडौं, २०७७ पुस ९ गते बिहीबार

नेकपा  (प्रचण्ड-नेपाल समुह) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गर्नुभएको छ । आज बिहान अध्यक्ष प्रचण्डसँग यान्छीको भेट भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

राजदूत यान्छी अध्यक्ष प्रचण्डलाई भेट्न ९ः४५ बजेतिर प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो । अध्यक्ष प्रचण्ड र यान्छीबीच नेकपामा देखिएको पछिल्लो संकटका विषयमा करिब आधा घण्टा छलफल भएको सापकोटाले बताउनुभयो ।

यसअघि राजदूत यान्छी राष्ट्रपति विद्या भण्डारीलाई पनि भेटेर समसामयिक विषयमा छलफल गर्नुभएको समाचार सर्वजनिक भएकाे थियो ।

Facebook Comments