Fri. Apr 19th, 2024

संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

संसद विघटनसम्बन्धी मुद्दालाई संवैधानिक इजलासमा पठाउने आदेश भएको छ ।

सर्वोच्च अदालतमा आज भएको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलसबाट सो आदेश भएको सर्वोच्च अदालत स्रोतले बतायो । प्रवक्ता भद्रकाली पोखरेलले भने आदेश तयार हुने क्रममा रहेकोले त्यसमा दस्तखत नभइ यसै भन्न नसकिने बताउनुभयो ।

सर्वौच्च अदालतमा सो विषयलाइ लिएर विभिन्न १२ वटा मुद्दा परेको थियो ।

Facebook Comments