Fri. Apr 26th, 2024

चीनको यातायातको विकास विश्वको पहिलो स्थानमा

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

चीनमा भएको यातायातको विकासलले विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

डिसम्बर २२ तारिख चिनियाँ प्रेस कार्यालयले “चीनको यातायातको दिगो विकास” श्वेत-पत्र सार्वजनिक गरेको छ। सो श्वेत-पत्रका अनुसार नयाँ चीनको स्थापना भएको ७० वर्षयता विश्वमा चीनको यातायात विकासले धेरै क्षेत्रमा “पहिलो”स्थान ओगटेको छ।

सन् २०१९ को अन्त्यसम्ममा, राष्ट्रिय रेलमार्ग परिचालन किलोमिटरको कूल लम्बाइ १ लाख ३९ हजार किलोमिटर पुगेको छ, जसमध्ये उच्च-गति रेलवे परिचालनको कूल लम्बाइ ३५ हजार किलोमिटर नाघेको छ र यसले विश्वमा पहिलो स्थानमा ओगटेको छ।

सन् २०१९ को अन्त्यसम्ममा, राष्ट्रिय राजमार्गको कूल लम्बाइ ५० लाख १३ हजार किलोमिटरमा पुगेको छ, जसमध्ये उच्च-गति राजमार्गको कूल लम्बाइ १ लाख ५० हजार किलोमिटर पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ।

सन् २०१९ को अन्त्यसम्ममा, चीनको अन्तर्देशीय जलमार्गहरूको कूल लम्बाइ १ लाख २७ हजार पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ।

साथै बन्दरगाहको कार्गो तथा कन्टेनर क्षमता पनि चीनले विश्वमा पहिलो स्थान ओगटेको छ।

Facebook Comments