Sat. May 4th, 2024

संसद विघटनविरुद्ध सर्वोच्चमा दर्ता रिटको सुनुवाई आज

काठमाडौं, २०७७ पुस ८ गते बुधबार

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटहरुको सुनुवाई आज हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम विरुद्ध सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता भएका छन् ।

दर्ता भएका रिटहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक क्षेत्राधिकार विरुद्ध गई संसद विघटन गरेको भन्दै राष्ट्रपतिको निर्णय उल्ट्याउन माग गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएको हो ।

Facebook Comments