Sun. May 19th, 2024

चीनका ५ वटा कोरोना भ्याक्सिन परीक्षणको तेस्रो चरणमा

काठमाडौं, २०७७ पुस ३ गते शुक्रबार

हालसम्म चीनका ५ वटा कोरोना भ्याक्सिन तेस्रो परीक्षणात्मक चरणमा प्रवेश भइसकेका छन् र भ्याक्सिनको विकासको अन्तिम चरणमा रहेका छन्। उक्त जानकारी चीनको राज्य परिषद संयुक्त प्रतिरोध तथा नियन्त्रण संयन्त्र बैज्ञानिक तथा अनुसन्धान टोली अन्तर्गत भ्याक्सिन विकास दलका प्रमुख राष्ट्रिय स्वास्थ्य समिति चिकित्सा, औषधिको बैज्ञानिक प्राविधिक विकास अनुसन्धानालयका प्रमुख चङ चोङह्वीले दिनुभएको हो।

भ्याक्सिनको विकास क्षेत्रमा चीन विश्वको पहिलो चरणमा भएतापनि प्रथम स्थानमा पुग्न हतार नगर्ने प्रमुख चङले बताउनु भएको छ । भ्याक्सिनको मूल्याङ्कन गर्दा बहु मिलिजुली मापदण्डसँग मेल खानुपर्छ र तीमध्ये सुरक्षा, प्रभाव, सुविधा तथा सस्तो मूल्यमा खरिद गर्न सकिने महत्वपूर्ण पक्षहरू हुन्। चीनले ठूलो परिमाणमा उत्पादन गर्ने तयारी गरिरहेको छ।

कोरोना महामारी चीनमा नियन्त्रण भइसकेको र चीनमै भ्याक्सिनको तेस्रो चरणको परीक्षण हुने अवस्था नपाएकाले तेस्रो चरणमा मुख्यतः विदेशमा गरिएकाले केही कठिनाइ र चुनौतीहरू पनि देखा परेका छन्। गत जुन महिनामा चीनले कोरोना भ्याक्सिनको आपतकालीन प्रयोग शुरू गरेको थियो। एजेन्सी

Facebook Comments