Mon. May 20th, 2024

मुख्यमन्त्री राई भन्नु हुन्छ, “मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा छ”

शेरधन राई फाईल फोटो

काठमाडौं, २०७७ मंसिर २६ गते शुक्रबार

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताउनु भएको छ ।

इलाम जिल्लाको माङ्सेबुङ गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै उहाँले आर्थिक समृद्धिबाट नै जनताको जीवनस्तर माथि उठ्छ बताउनु भयो । राईले नागरिक शान्ति, एकता र सद्भावका पक्षमा रहेको उल्लेख गर्दै अब हत्या र हिंसाका घटना नदोहोरिने बताउनु भयो ।

माङ्सेबुङ गाउँपालिकाको १४ लाख रुपैयाँ र अन्य सहयोगी निकायबाट प्राप्त रकम गरी ५० लाख भन्दा वढीको लागतमा शालिक निर्माण गरिएको जनाइएको छ ।

Facebook Comments