Wed. May 13th, 2026

कङ्गोमा डुङ्गा दुर्घटनामा १०० जनाभन्दा बढीको मृत्यु,१४६ जनाबेपत्ता   

दुर्घटना

       

किनशासा । डेमोक्रेटिक गणराज्य कांगोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना कांगो नदीमा म्बाण्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो।

स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन्। दुर्घटनामा दुंगामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन्।

दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ।
विशेष गरी कांगो नदीमा डुङ्गा दुर्घटनाहरू प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटनाहरू निम्त्याउँछन्।

यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो। सिन्ह्वा

Facebook Comments