Tue. May 7th, 2024

मेला हेर्न गएका वडा अध्यक्षको मृत्यु

बैतडी, २०७६ मंसिर ४ गते बुधबार ।

पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला पर्नु भएको छ ।

मंगलवार स्थानीय धुरा जात्रामा मेला हेरेर फर्किनु भएका चन्द बुधवाबार विहान ११ बजे वडा नम्बर ४ को कडैगैरमा मृत अवस्थामा फेला परेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो ।

चन्दले भन्नुभयो, मेला हेरेर बेलुकी ६ः०० बजे वडा अध्यक्षसित छुट्टिएका थियौं । उहाँ मुल बाटोबाट ८ मिटर तल लडेर टाउकोमा घाउ भएको अवस्थामा मृत आज बुधवार फेला पार्यौं ।
गोरखापत्र अनलाईनका अनुसार  घटना बारे विस्तृत अनुसनधान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

५७ वर्षिय चन्द २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्ष पदमा बिजयी हुनु भएको थियो ।

Facebook Comments