Thu. May 16th, 2024

प्रधानमन्त्रीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

काठमाडौं, २०७७ मंसिर २२ गते सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गर्नुभएको छ । गोरखापत्र अनलाईनका अनुसार भोलि मंगलबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । पछिल्लो समय सडकमा देखिएका आन्दोलन र गणतन्त्र विराेधीकाे सक्रियता बढ्न थालेपछि गणतन्त्रमाथि नै खतरा निम्तिने हो कि ? आशंका उठिरहेका बेला प्रधानमन्त्रीले बैठक आव्हान गर्नुभएको हो ।

यसअघि राष्ट्रियताको विषय कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग नेपाली नक्सामा समावेश गर्ने बेलामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएको थियो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

Facebook Comments