Sat. Jul 27th, 2024

बझाङमा ५.७ रेक्टरको भूकम्प

बझाङ, @)&^ d+l;/ # ut] d+unaf/ .

जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडीमा र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर मंगलबार राती ७ बजेर १५ मिनेटमा ५.७ रेक्टर भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतकी कर्मचारी श्रद्धा ढकालका अनुसार गोरखाको बारपाक लाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा अलि फरक रहेको छ । उहाँले भन्नुभयो यसरी पटक पटक स–सना पराकम्पन जानु भनेको महाभूकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नु पर्छ ।

गोरखापत्र अनलाईनका अनुसार यसै बर्षको सुरुवातदेखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भूकम्पका गएको भूकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपाल मै भूकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरी २७ पटक भूकम्पको केन्द्र बिन्दु बनाएको र परामम्पन महसुस भएको समेत थियो । गएको जेठ ३१ गते पनि ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भुकम्पले क्षतिको बिबरण आउन बाँकी रहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमकाले बताउनुभयो । यता खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाका भन्नुभयो सबै वडाहरुमा खबर गरि सकेका छौ , क्षतिको बिबरण आउन बाँकी छ । उहाँले भन्नुभयो जहाँसम्म लाग्छ कुनैपनि क्षति भएको छैन । छिमेकी जिल्लाहरुमा समेत भस्कम्पको धक्काको महसुस गरिएको छ ।

Facebook Comments