Sat. Jul 27th, 2024

नम्रता श्रेष्ठ यस वर्षकी मिस नेपाल

काठमाडौं, २०७७ मंसिर २० गते शनिबार

२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जित्नु भएको छ । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले मिस नेपाल वर्ल्डको उपाधि जित्नु भएको हो । किन्डरगार्डेन शिक्षिकासमेत रहनु भएकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनुहुने छ ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जित्नु भएको छ ।

यसैगरी सह-उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित हुनुभएको छ ।

कोरोना महामारीका कारण यस वर्ष मिस नेपाल फरक तरिकाले आयोजना गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले बताउनु भयो । ‘हामी हरेक वर्ष मिस आयोजना गर्दै आएका छौं । यो वर्ष कोभिडको कठिन परिस्थितिमा पनि मिस नेपाल गर्न सफल भएका छौं । यस वर्ष कोभिडले गर्दा हामीले केही फरक तरिकाले गरेका छौं । ३ हप्ताको भर्चुअल ट्रेनिङ गर्‍यौ’ उहाँले भन्नुभयो । कान्तिपुर अनलाईनबाट

Facebook Comments