Thu. Apr 30th, 2026

अध्यक्ष प्रचण्डसँग विदेश सचिव मिश्रीको शिष्टाचार भेट   

       

काठमाण्डू । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाण्डू आइपुग्नुभएका विदेशसचिवले अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भेट गर्नुभएको हो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल-भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार