Wed. Apr 24th, 2024

रातमा लुकी शीतले, आँशु किन झार्छ होला ?

- भवानी न्यौपाने 'भावना'

काठमाडौं, २०७७ मंसिर १८ गते बिहीबार

रातमा लुकी शीतले, आँशु किन झार्छ होला ?

नअस्ताए हुन्थ्यो दिन किन साँझ पार्छ होला !

पत्थर बरु बोल्नेछ समयले मागेपछि

उषासँग कालो रात जैले पनि हार्छ होला !

कोइली चरी मृदुल भाका सुनाएर जान्छे

भेटेपछि सिकारीले त्यै चरी नै मार्छ होला !

चाँदनीले यो धर्तीमा प्रेम गीत रोपेपछी

निष्ठुरी त्यो अध्यारोले अन्तै डेरा सार्छ होला !

Facebook Comments