Tue. May 7th, 2024

चीनले माफी माग्नु पर्ने अस्ट्रेलियाका प्रधानमन्त्रीको भनाइबारे चिनियाँ परराष्ट्र मन्त्रालयको जवाफ

काठमाडौं, २०७७ मंसिर १५ गते सोमबार

अस्ट्रेलियाली सेनाले अफगानिस्तानका बाल-बालिकाको हत्या गरेको सम्बन्धमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि च्यानले ट्विट गर्नु भएको कार्टुनका बारेमा चीनले अस्ट्रेलियासँग माफ माग्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले बताउनु भएको छ।

सीआरआईका अनुसार यसबारे चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले नोभेम्बर ३० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अस्ट्रेलिया सरकारले गहन रुपमा अर्ति शिक्षा लिएर आपराधिक तत्वलाई ऐन बमोजिम कारवाही गरी अफगानिस्तानका जनतासँग औपचारिक रुपमा क्षमायाचना गर्नुपर्ने र अन्तर्राष्ट्रिय समूदायलाई भविश्यमा यस्तो डर लाग्दो आपराधिक गतिबिधि नगर्ने वचनबद्धता जाहेर गर्नुपर्ने जवाफ दिनुभयो।

Facebook Comments