Sat. Jul 27th, 2024

राष्ट्रपति समक्ष चिनियाँ रक्षामन्त्रीद्वारा शिष्टाचार भेट

काठमाडौं, २०७७ मंसिर १४ गते आईतबार

नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नु भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार सो भेटघाटमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवम्, स्वतन्त्रताको सम्मान गदै आएकोमा मित्र राष्ट्र चीनको सराहना गर्नुभयो । साथै उहाँले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सूदृढ गर्न यो भ्रमण कोशे ढुंगा रहने विश्वास व्यक्त गर्नुभएको थियो ।

Facebook Comments