Tue. Apr 23rd, 2024

चन्द्रमा अन्वेषण यन्त्रवाहक छाङचङ नामक रकेटको चीनद्वारा सफल प्रक्षेपण

- अन्तरिक्ष विज्ञानमा चीनको ऐतिहासिक फड्को

काठमाडौं, २०७७ मंसिर ९ गते मंगलबार

आज (मंगलबार) बिहान ४ बजेर ३० मिनेट जाँदा चीनले वनछाङ प्रक्षेपण केन्द्रबाट छाङ अ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रवाहक छाङचङ नामक रकेटको सफलताका साथ प्रक्षेपण गरेको छ। प्रक्षेपित सो रकेट आकाशमा २२०० सेकेन्टसम्म उडेपछि अन्वेषण यन्त्रलाई निर्धारित लिगमा पुर्याएको छ जसबाट चीनले बाह्य अन्तरिक्षमा नमूना लिएर फर्कने पहिलो यात्रा थालेको छ।

 

चिनिया अन्तरराष्ट्रिय रेडियोका अनुसार ५ नम्बर रकेटले बोकेको छाङअ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रको लागि बाह्य अन्तरिक्षमा नमूना लिएर फर्कने पहिलो यात्रा लगायत ३ वटा लक्ष्यहरू तोकिएको छ। यो प्रक्षेपण छाङचङ मालवाहक रकेटले गरेको ३५३औं प्रक्षेपण कार्य हो।

छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रः ४ वटा पहिलो पटक

चीनले वनछाङ प्रक्षेपण केन्द्रबाट छाङअ ५ नम्बर चन्द्रमा अन्वेषण यन्त्रवाहक छाङचङ नामक रकेटको सफलताका साथ प्रक्षेपण गरेर चन्द्रमातिर उडिरहेको छ। यो नै चीनको अन्तरिक्ष इतिहासमा सबभन्दा जटिल कार्य मानिएको छ।  यस चन्द्रमा अन्वेषण यन्त्रले चीनको अन्तरिक्ष इतिहासमा ४ वटा पहिलो पटक रेकर्ड सिर्जना गर्ने छः

चन्द्रमाको बाहिरी भागमा नमूनाको पहिलो पटक संकलन गर्ने।

चन्द्रमाको बाहिरी भागबाट पहिलो पटक ओर्लने।

चन्द्रमाको लिगमा पहिलो पटक मानवरहित रूपमा अरू यन्त्रसँग जोडिने

चन्द्रको माटो लिएर ११.२ किलोमिटर/ सेकेन्डको गतिले पृथ्वीमा फर्किने

छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रः चन्द्रमा जान-आउन कति दिन लाग्ला?

प्रक्षेपित छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रले जानेआउने दुइटै टिकट लिएको छ। चन्द्रमाको बाहिरी क्षेत्रमा सही तथा सुरक्षित रूपमा ओर्लनुका साथै छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रले चन्द्रमाको ढुँगा नमूना लिएर पृथ्वीमा फर्किनुपर्नेछ।

वैज्ञानिकहरूले गणना गरे अनुसार, पृथ्वी र चन्द्रमा बीचको औसत दूरी ३.८ लाख किलोमिटर छ। छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रको चन्द्रमा यात्रामा ११ वटा उड्ययन चरण डिजाइन गरिएको छ र लगभग २० दिनमा यो यात्रा पूरा हुने योजना छ।

छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रः परिवारका सदस्यहरू

प्रक्षेपित छाङ अ ५ नं. चन्द्रमा अन्वेषण यन्त्रअघि चीनले छाङ अ १-४ नम्बरका अन्वेषण यन्त्रहरू तथा म्याकपाइ पुल नामक डेटा संकलन उपग्रहको सफल प्रक्षेपण गरिसकेको थियो। ती ५ वटा यन्त्रहरू तथा २४ तारिख प्रक्षेपित ५ नम्बर यन्त्रबाट छाङ अ परिवारको गठन भएको हो।

अब यस परिवारका सदस्यहरूबारे जानकारी दिन्छौं

छाङ अ १ नं. चन्द्रमा अन्वेषण यन्त्रः सन् २००७को अक्टोबर २४ तारिख प्रक्षेपित यस यन्त्रले  ४९४ दिनसम्म चन्द्रमाको परिक्रमा गरेको थियो र सन् २००९को मार्च ३ तारिख आफ्नो कार्यभार पूरा गरेको थियो।

छाङ अ २ नं. चन्द्रमा अन्वेषण यन्त्रः सन् २०१०मा  प्रक्षेपित यस यन्त्रले चन्द्रमाको बाहिरी भागको दृश्य डेटा पाउनुका साथै छाङ अ ३ नम्बर यन्त्रले उत्रने क्षेत्रको हाइ डेफिनेशन दृश्यको रेकर्ड पनि गरेको थियो।

छाङ अ ३ नं. चन्द्रमा अन्वेषण यन्त्रः सन् २०१३को डिसेम्बरमा ३ नम्बर यन्त्र चन्द्रमा स्फट ल्याण्डिङ सफलताका साथ गरियो जसबाट विश्वमा अमेरिका तथा तत्कालीन सोभियत संघपछि चन्द्रमामा स्फट ल्याण्डिङ गर्ने तेस्रो मुलुक चीन बन्यो।

छाङ अ ४ नं. चन्द्रमा अन्वेषण यन्त्रः सन् २०१९को जनवरीमा ४ नम्बर यन्त्र सफलताका साथ चन्द्रमाको पछाडिपट्टि उत्रियो र यो नै मानवजातिले बनाएको अन्वेषण यन्त्र चन्द्रमाको पछाडि उत्रिएको पहिलो पटक थियो। हालसम्म ४ नम्बरले पठाएको चन्द्रमा गाडी चन्द्रमामै कार्यरत छ।

म्याकपाइ पुल नामक डेटा संकलन उपग्रहः विश्वमा पृथ्वीको लिग बाहिर रहेको पहिलो दूर संचार उपग्रह हो र यसले चन्द्रमाको बाहिरी तथा पछाडि भागबाट संकलन गरिएको डेटा पृथ्वीमा पठाउनेछ।

Facebook Comments