Wed. Apr 17th, 2024

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने

काठमाडौं, २०७७ मंसिर ८ गते सोमबार

चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवाको १२६९ फ्रिक्वेन्सीको प्रसारण अवरूद्ध हुने भएको छ ।

नेपाली समयनुसार, नोभेम्बर महिनाको २३ तारिख मध्यरातको १२ बजेदेखि डिसेम्बर १ तारिख मध्यरात १२ बजेसम्म १२६९ फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भारका कारण चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने सीआरआईले जनाएको छ । यसबाट श्रोतावर्गमा पर्न गएको असुविधाप्रति सीआरआईले क्षमायाचना गरेको छ ।

सो रेडियोका अनुसार ७२१५ र ९५३५ फ्रिक्वेन्सीमा यथावत रुपमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाको कार्यक्रम सुन्न सकिने समेत सीआरआईले जनाएको छ ।

Facebook Comments