Sat. Apr 27th, 2024

अस्तित्व रक्षाको खोजीमा परम्परागत नेपाली घरहरु: फोटो फिचर

नयाँघर

रमेश हतुवाली/देवान्टार, भोजपुर, २०७७ मंसिर ४ गते बिहीबार । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको महाभारत पर्वत खण्डमा आज पनि ढुंगा, माटो, काठ अनि खर आदिको मिश्रणबाट बनेका घरहरु पाईन्छन् ।

तर बढ्दो शहरीकरण, बसाईसराई, वनजंगलको विनास र सिमेन्ट अनि जस्तापाताले निर्माण गरिएका घरहरु प्रतिको आकर्षणका कारण हजारौं वर्षदेखि हाम्रा पुर्खाहरुले संरक्षण गर्दै हामीलाई हस्तान्तरण गरेका यी मौलिक शैलिका परम्परागत घरहरु आज अस्तित्व रक्षाको खोजीमा रहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि आकर्षणको केन्द्र हुन सक्ने यस्ता घरहरुलाई कसरी पुस्तौ पुस्तासम्म जोगाउन सकिएला भनि घोत्लिने बेला भएको छ ।

भोजपुुर जिल्लाको साविक देवान्टार गाउँ विकास समिती अन्तर्गत वडा नं.३ हर्दिला र रानीवास गाउँ विकास समिती वडा नं.२ लाल्चेमा लिइएका केही तस्विरहरु यहाँ प्रस्तुत गरिएका छन् ।

आहाल घर
टहार घर
कान्छा नेवारको घर
मास्टरको घर
घिसिङ माइलाको घर
काफ्ले कान्छाको घर
काफ्लेको घर
काउलाबोटको घर

फोटो सर्वाधिकार: भ्वाईस अफ काठमाण्डू मिडियाका लागि रमेश हुतवाली

Facebook Comments