Fri. Apr 26th, 2024

बिर्तामोडमा सवारी दुर्घटना, २ जनाको ज्यान गयो

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड नगरपालिका ६, बसपार्क पूर्व दुईवटा मोटरसाइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किच्दा दुईजनाको मृत्यु भएको हो ।

पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको मे २ प ४८४७ र विपरित दिशाबाट आउँदै गरेको अर्को अनटेष्ट मोटरसाईकल एकअर्कामा जुधेको बेला पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर किचेको थियो ।
उक्त ठक्करमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २४ वर्षीय कुशल लिम्बु र पछाडि सवार सोही स्थानका ११ वर्षीय दिप्सन कडेँल घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख प्रकाश जबेगुले बताउनुभयो ।

दुर्घटनामा परी घाइते हुनेमा अर्जुनधारा ११ का २२ वर्षीय गगन तामाङ र बुद्धशान्ति ३ की ३९ वर्षीया सावित्रा कँडेल समेत घाइते हुनुभएको छ । घाइतेको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments