Thu. Apr 25th, 2024

ब्रिक्स सदस्य मुलुकका नेताबीचको १२औँ वार्तालाई चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन, बहुपक्षीयवादको झण्डा फहराउँनुपर्नेमा जोड

Chinese President Xi Jinping attends the 12th BRICS summit via video link in Beijing, capital of China, Nov. 17, 2020. Xi delivered an important speech at the summit. (Xinhua/Li Xueren)

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

ब्रिक्स सदस्य मुलुकका नेताबीच १२ औँ वार्ता नोभेम्बर १७ तारिख बेलुका भिडियोमार्फत आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो अवसरमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले महामारी फैलिएको र ठूलो परिवर्तन भएको समयमा विश्व अर्थतन्त्र गम्भीर ओरालो लागेको भन्दै जनताको हितमा ध्यान दिएर मानव जातिको भाग्य समुदाय धारणाको आधारमा विश्वलाई योगदान गर्नुपर्ने औँल्याउनुभयो।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार बहुपक्षीयवाद र एकपक्षीयवाद तथा निष्पक्ष र दबदबाबीचको प्रतिस्पर्धामा ब्रिक्स मुलुकले अन्नर्राष्ट्रिय निष्पक्षताको द्दढ संरक्षण गर्दै बहुपक्षीयवादको झण्डा फहराउँदै संयुक्त राष्ट्र संघद्वारा केन्द्रित अन्तर्राष्ट्रिय परिपार्टीको संरक्षण गर्नुपर्छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चालु वर्षको महामारी विरुद्धको कार्यले भाइरस फैलावट र वैज्ञानिक रोकथाम नियन्त्रण गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरिसकेको बताउनु भएको छ। आपसमा भएका मतभिन्नताहरूलाई हटाएर एकता बढाउनुपर्ने र पूर्वाग्रहलाई हटाएर महामारी विरूद्ध लड्नुपर्ने कुरामा उहाँले सबै देशहरूले एकजुट भएर संयुक्त प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

सीले ब्रिक्स मुलुकको खोप अध्ययन केन्द्रको निर्माणलाई अगाडि बढाउन चीनले खोप अध्ययनको चीन केन्द्र स्थापना गरिसकेको भन्दै अनलाइन अफलाइनको ढाँचामा सदस्य मुलुकबीच खोपको अध्ययन, परीक्षण, उत्पादनलगायत कार्यलाई अघि बढाउने इच्छा लिएको विचार व्यक्त गर्नुभयो।

महामारीको प्रयोग गर्दै भूमण्डलीकरणको न्युनीकरणका गतिविधिले स्वदेश र अन्य विभिन्न मुलुकको साझा हितलाई ध्वस्त पार्नेछ। वर्तमान अवस्थामा द्दढताका साथ खुला विश्व अर्थतन्त्रको निर्माण गर्दै जानुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

राष्ट्राध्यक्ष सीले ब्रिक्स नयाँ औद्योगिक क्रान्ति साझेदारी स्थापनालाई तीब्रता दिन चीन सबै पक्षहरूसँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिनुभयो। उहाँले फुचियान प्रान्तको स्यामन शहरमा ब्रिक्स नयाँ औद्योगिक क्रान्ति साझेदारी नवीनता आधार स्थापना गर्ने बताउँदै नीति समन्वय, कर्मचारी प्रशिक्षण र परियोजना विकास जस्ता क्षेत्रमा सहयोग गर्ने बताउनुभयो।

सीका अनुसार विकास नै सबै समस्याको समाधान गर्ने माध्यम हो। महामारीको प्रभाव हटाउन,सामान्य जीवनमा फर्कन,विवाद हटाउन र मानवीय संकटको समाधान लगायतका विषयमा सबैले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।

सीले विश्वमा वृद्धि भइरहेको तापमान वृद्धिको प्रतिरोध कार्यमा अरू प्रयास गर्नुपर्ने भन्दै चीनले आफूसँग अनुकूलको अन्तर्राष्ट्रिय जिम्मेवारी लिएर जलवायु परिवर्तनको सामनामा प्रयास गरिरहेको पनि उल्लेख गर्नुभयो।

राष्ट्राध्यक्ष सीले आन्तरिक मागको विस्तार गर्न, गहन सुधार गर्ने र घरेलु आर्थिक बिकासका लागि वैज्ञानिक तथा प्राविधिक नवीनतालाई बढाउन ठूलो प्रयास आवश्यक रहेको कुरामा जोड दिनुभयो। खुलेको चीनको ढोका बन्द नहुने भन्दै विश्वव्यापी बजारमा बढी सक्रियताका साथ चीन एकीकृत हुने र विदेशी सहयोगलाई अझ सक्रियतापूर्वक अझ गहन बनाउने बताउनुभयो। विश्व अर्थव्यवस्थाको पुन: प्राप्ति र विकासको लागि थप अवसर र ठाउँ सिर्जना गर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

सीले भन्नुभयो:हामी सबै एउटै जहाजमा यात्रारत छौँ। ठूलो हावा अनि उच्च लहर आउँदा हामीले उचित दिशालाई कायम राख्दै एकताबद्ध भएर सहयोग गर्नुपर्छ। जसबाट अझ राम्रो भविष्यको स्वागत गर्न सकिन्छ।

Facebook Comments