Wed. Apr 24th, 2024

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, २०७७ मंसिर ३ गते बुधबार

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीसँग भेटवार्ता गर्नु भएको हो । भेटवार्ताका क्रममा पार्टीभित्रको विवाद र समाधानबारे करिब डेढ घण्टा कुराकानी भएको स्रोतको भनाई छ ।

यसअघि पनि गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुग्दा फुटका संघारमा पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । त्यतिखेर उहाँले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग-अलग भेटवार्ता गर्नु भएको थियो ।

त्यसताका उहाँको सक्रियतालाई कतिपयले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको रुपमा लिएपछि दोस्रो पटकको विवादमा उहाँ आफै नभई दोस्रो तहको अधिकारीलाई पठाउने गरेकोसमेत बुझिएको छ तर पुनः पार्टी फुटकै संघारमा पुगेपछि भने चर्किएको नेकपा विवाद मिलाउन चिनिया राजदूतको सक्रियता बढेको खवर प्रशासन अनलाईनले लेखेको छ ।

Facebook Comments