Tue. May 26th, 2026

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज   

       

काठमाण्डू, २०८२ असार २० गते शुक्रबार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा. डा. दिलीप शर्माले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा. डा. शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।
मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read