Fri. May 17th, 2024

बैतडीमा बस दुर्घटनामा नौ जनाको मृत्यु

तस्विर गोरखापत्र अनलाईन

काठमाडौं, २०७७ कात्तिक २८ गते शुक्रबार

बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् ।

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो । बस सडकबाट छसय मिटर तलभीरमा खसेको छ । बसमा ५० जना सवार थिए ।
घाईतेहरुको रातिनै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन ।

उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएकका थिए । घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनु भएको छ ।

उद्धारमा खोड्पे बजारका स्थानीयव्यपारी समेत खटिएको हरिश बिष्टले बताउनुभयो । शुक्रबार विहानसम्म पनि पनि मृतकको सनाखत हुन सकेको छैन । गोरखापत्र अनलाईनबाट

Facebook Comments