Wed. Apr 17th, 2024

मिडियामा गायक तथा कलाकार निश्चल नेपाल

- प्रवासमा प्रवासी नेपालीको आवाज

काठमाडौं, २०७७ कात्तिक २७ गते बिहीबार

निश्चल नेपाल क्यानाडाका धेरै शहरहरुमा चिरपरिचित नाम हो भन्दा फरक नपर्ला । क्यानाडमा रहेर नेपाली संस्कृतिको प्रवद्र्धनमा वहाँले पुर्याउनु भएको योगदान प्रशंसा गर्न योग्य छ ।

नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनका साँस्कृतिक कार्यक्रम निर्देशक समेत रहनु भएका निश्चल नेपालले केही समय पहिले अमेरिकामा पनि आफ्नो प्रस्तुती देखाई सक्नु भएको छ । वहाँकै कुशल संयोजकत्वमा केही समय पहिले नेपालीहरुको महान चाड विजया दशमी (बडादशैं) तथा तिहार, २०७७ को पावन उपलक्ष्यमा नेप्लिज क्यानेडियन सोसाईटी अफ एडमन्टनले भव्य रुपमा विभिन्न साँस्कृतिक गतिविधिका साथमा भर्चुअल दशैरतिहार कार्यक्रमको आयोजना गरेको थियो ।

प्रवासमा रहेर पनि नेपाली सँस्कृतिको प्रचार प्रसार र सम्वद्र्धनमा निरन्तर लागिरहनु भएका निश्चल नेपाललाई आम श्रोता, पाठक तथा दर्शक समक्ष प्रस्तुत गर्ने उद्धेश्यले सनराईज मिडियाको प्रस्तुतीमा आर भि च्यानलको तर्फबाट केही दिन पहिले नेप्लिज कम्युनिटी सोसाईटी अफ क्यालगेरी क्यानाडाका मिडिया कोअरडिनेटर सूर्य अधिकारीले कुराकानी गर्नुभएको छ ।

Facebook Comments