Fri. Apr 19th, 2024

प्रधानमन्त्रीसँग क्रिकेट खेलाडी सचिन तेन्दुलकरको भेट

काठमाडौं, २०७६ मंसिर १ गते आईतबार ।

नेपाल भ्रमणमा आउनुभएका युनिसेफका सदभावना राजदूतसमेत रहनुभएका भारतका प्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँको निवास बालुवाटारमा भेट गर्नुभएको छ ।

भेटको अवसरमा क्रिकेटर तेन्दुलकरले नेपाल सरकारले बाल अधिकार र बाल कल्याणको क्षेत्रमा गरेका प्रयासहरुको प्रशंसा गरेको प्रधानमन्त्रीको ट्विट्मा जनाइएको छ ।  रेडियो नेपालबाट ।

Facebook Comments