Thu. Jul 30th, 2026

चीन र भारतबीच आठौँ सैैन्य कमाण्डरस्तरीय वार्ता

       

काठमाडौं, २०७७ कात्तिक २४ गते सोमबार

चीन र भारतबीचको आठौँ सैैन्य कमाण्डरस्तरीय वार्ता नोभेम्बर ६ तारिख शुक्रबार आयोजित भएको छ। दुवै पक्षले पश्चिमी सिमानाको वास्तविक नियन्त्रित क्षेत्रमा सम्पर्क छोड्ने मामिलाबारे गहिरो तथा रचनात्मक रूपमा वैचारिक आदानप्रदान गरेका छन्।

सीआरआईका अनुसार दुवै पक्षले दुई देशका राष्ट्रनायकको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने कुरालाई स्वीकार गर्नुका साथै गलत बुझाइ हुन नदिनका लागि मोर्चाका फौजलाई संयम कायम राख्ने प्रत्याभूति गरेका छन्। दुवै पक्षले सैन्य तथा कुटनीतिक मञ्चद्वारा आदानप्रदानलाई कायम राख्दा वार्ताको आधारमा अरू समस्याको समाधानलाई अगाडि बढाएर सिमाना क्षेत्रको शान्तिको साझा सुरक्षा गर्ने स्वीकार गरेका छन्।

दुवै पक्षले केही समयपछि आगामी वार्ता गर्ने सहमति गरेका छन्।

Facebook Comments