Fri. May 17th, 2024

 बाइडनले भने, ‘जित हुने स्पष्ट भयो’, ट्रम्पद्वारा अदालतमा उजुरी दर्ता

- अमेरिका निर्वाचन मतगणना परिणामः

काठमाडौं, २०७७ कात्तिक २० गते बिहीबार

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ । तर पनि पछिल्लो मत परिणामले भने डेमोक्र्याटिक उम्मेदवार जो बाइडनलाई विजय नजिक पुर्याउने लगभग निश्चित देखिएको छ ।

बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताउनु भएको छ भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउनु भएको छ । आफू पराजित हुने अवस्था देखिएको र मतगणना जारी रहेकै बेला ट्रम्पले भने मतगणनाप्रति असन्तुष्टि र आशंका गर्दै अदालतमा उजुरी दिनु भएको छ ।

विविसीका अनुसार यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ र जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ।

बाइडनले २६४ इलेक्टरल मत प्राप्त गर्नु भएको छ भने ट्रम्पले कुल २१४ इलेक्टरल मत प्राप्त गर्नु भएको छ ।

कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ। अमेरिकाका कुल ५० राज्य मध्ये ४४ राज्यमा मतगणना सम्पन्न भइसकेको छ भने बाँकी ६ राज्यमा अहिले गणना भइरहेको छ।

बाइडनले यो समाचार तयार पर्दासम्म ७ करोड २२ लाख ७१ हजार ८ सय १२ पपुलर भोट प्राप्त गर्नु भएको छ भने  राष्ट्रपति डोनल्ड ट्रम्पले ६ करोड ८९ लाख ९ हजार २ सय २६ भोट प्राप्त गर्नु भएको छ ।

Facebook Comments