Sat. Jul 27th, 2024

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडनको अग्रता

काठमाडौं, २०७७ कात्तिक १९ गते बुधबार

विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो।

हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्।

५० राज्यमध्ये १२ वटा राज्यको नतिजा आउँदा बाइडनका ७३ इलेक्टोरल कलेजका प्रतिनिधि छानिएका छन् भने प्रतिस्पर्धी ट्रम्पका ४८ प्रतिनिधि छानिएका छन्।

यसैगरी बाइडनले ४ वटा राज्यमा अग्रता कायम गरेका छन् भने ट्रम्पले २ वटा राज्यमा अग्रता लिएका छन्।

अमेरिकी राष्ट्रपति चुनिनका लागि २७० इलेक्टोरल कलेजका प्रतिनिधि आवश्यक हुन्छ।

मंगलबार राति अबेरसम्म भोट खसालिएकाले चुनावको अन्तिम नतिजा आउन भने ढिला हुने बताइएको समाचार अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले एजेन्सीलाई उद्धत गर्दै लेखेको छ ।

Facebook Comments