Sat. Jul 27th, 2024

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

काठमाडौं, २०७७ कात्तिक १५ गते शनिबार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोभिड-१९ सङ्क्रमणमुक्त हुनुभएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले मुख्यमन्त्री पौडेलको काभ्रेको धुलिखेलस्थित प्रादेशिक प्रयोगशालामा शुक्रबार गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो । मुख्यमन्त्री पैडेललाई कोरोना सङ्क्रमण भएपछि थप उपचारका लागि गत शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र, काठमाडौँमा लगिएको थियो ।

गोरखापत्र अनलाईनका अनुसार हेटौँडा उपमहानगरपालिका १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका रहेको प्रादेशिक प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कात्तिक ६ गते बिहीबार मुख्यमन्त्री पौडेललाई कोरोना पुष्टि भएको हो ।

मुख्यमन्त्रीका प्रेस संयोजक दाहालले मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको र चाँडै नै नियमित काममा फर्कने जानकारी दिनुभयो ।

मुख्यमन्त्रीसँगै उहाँको धर्मपत्नीलाई कोरोना भएकोमा पुनः परीक्षण गराउँदा पोजेटिभ नै रिपोर्ट आएको छ । मुख्यमन्त्री कार्यालयका दुई जना सवारी चालक तथा कार्यालय सहयोगी र सुरक्षागार्ड एक-एक जनामा कोरोना सङ्क्रमण भएको थियो ।

Facebook Comments