Thu. Mar 12th, 2026

उषा थपलिया र संविदा वाग्लेको कृति तथा गीति भिडियो लोकार्पण, नागरिकलाई आशावादी रहन नेता नेपालको आग्रह

       

काठमाडौं, २०७६ मंसिर १ गते आईतबार ।

स्रष्टाद्वय उषा थपलिया र उहाँकी छोरी संविदा वाग्लेको छुट्टाछुट्टै पुस्तकको शनिवार संयुक्तरुपमा लोकार्पण गरिएको छ । बागवजारस्थित होटल हार्दिकमा आयोजित एक भव्य समारोहमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल लगायतका स्रष्टाहरुले आमा उषा थपलियाको पुस्तक ‘नारी तिमी हारेकी छैनौं’ र छोरी संविदा वाग्लको पुस्तक ‘नवपल्लव’ संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।


सोही कार्यक्रममा उहाँहरुकै संयुक्त गायनको ‘तिमी पाएरै’ गिती भिडियो पनि सार्वजानिक गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि नेता नेपालले आमा उषा थपलियाको यसअघि प्रकाशित लेखहरुको संगालो ‘नारी, तिमी हारेकी छैनौं’ र छोरी संविदाको सृजना ‘नवपल्लव’ नामक पुस्तक मार्फत सुन्दर समाज निर्माणमा उत्प्रेरणा जगाउने विश्वास व्यक्त गर्नुभयो।


नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने भन्दै निराश नहुन सबै नागरिकलाई आग्रह गर्नुभयो। नेता नेपालले समाजमा सकारात्मक योगदान पुर्याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्वय संविदा वाग्ले र उषा थपलियाप्रति आभार व्यक्त गर्नुभयो। नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो।

कार्यक्रममा डा. गोविन्द भट्टराई, डा. शैलेन्दु्रप्रकास नेपाल, लक्ष्मी उप्रेती, डा. गिता त्रिपाठी, ज्ञानु अधिकारी, यशोधरा पन्त लगायतका स्रष्टाहरुले पुस्तकको समीक्षा गर्दै थपलियाले आजको युगका शिक्षित र सचेत महिलाको अनुभूतीलाई पुस्तकमा समेटेको बताउनु भयो।

Facebook Comments

सम्बन्धित समाचार

1 min read