Mon. Apr 29th, 2024

अमेरिका विरुद्ध उत्तर कोरियालाई सहायता संघर्षको स्मरणमा उच्चस्तरीय प्रदर्शनी

काठमाडौं, २०७७ कात्तिक ४ गते मंगलबार

चिनियाँ जन स्वयं सेनाले अमेरिका विरुद्ध उत्तर कोरियालाई सहायता दिन स्वदेश छाडेर संघर्ष गरेको ७० औँ स्मरण दिवसका अवसरमा अक्टोबर १९ तारिख पैचिङमा एक प्रदर्शनी शुरु भएको छ। सीआरआईका अनुसार चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो प्रदर्शनीको अवलोकन गर्दै अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता संघर्षमा महान जोश निकै मूल्यवान सम्पत्ति भएकाले जुनसुकै कठिनाइका बावजुद सशक्त शत्रुलाई जित्न चिनियाँ जनतालाई प्रेरणा दिनुपर्ने कुरामा जोड दिनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, ७० वर्षअघि शान्तिको संरक्षण र थिचोमिचोको प्रतिरोध गर्नका लागि चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले दृढताका साथ अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता संघर्ष गर्ने ऐतिहासिक निर्णय गरेका थिए। बहादुरी चिनियाँ जन स्वयं सेनाले न्यायोचित झण्डा उठाएर उत्तर कोरियाली जनता र सेनासँगै मिलेर अथक प्रयासमार्फत अमेरिका विरुद्ध उत्तर कोरियालाई सहायता संघर्षको महान बिजय प्राप्त गर्नुका साथै विश्व शान्ति र मानव जाति प्रगति कार्यका लागि पनि निकै ठूलो योगदान दिएका थिए।

अमेरिका विरुद्ध  उत्तर कोरियालाई सहायता संघर्षमा प्राप्त बिजय न्यायको बिजय, शान्तिको बिजय र जनताको बिजय नै हुन्। चिनियाँ जनताले नयाँ युगमा अमेरिका विरुद्ध र उत्तर कोरियालाई सहायता संघर्षको महान जोशको उत्तराधिकार गर्दै त्यसको प्रचार प्रसार गरेर चीन राष्ट्रको महान पुनरुत्थानका लागि अझ प्रयास गर्दै जाने कुरा पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभएको छ।

Facebook Comments