Tue. May 7th, 2024

संयुक्त राष्ट्र संघका महासचिवद्वारा गरिबीमा परेकाहरूसँग उभिन आह्वान

काठमाडौं, २०७७ कात्तिक २ गते आईतबार

अक्टोबर १७ तारिख अन्तर्राष्ट्रिय गरिबी उन्मूलन दिवस हो । सो दिवसको अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय समाजसँग कोरोना भाइरस महामारीका बेला र महामारी सम्पन्न भएपछि गरिबीमा परेकाहरूसँग उभिन र उनीहरूलाई आवश्यक समर्थन दिन आह्वान गर्नुभएको छ।

गुटरेसका अनुसार विश्वमा सबैभन्दा गरिब मानिसका लागि कोरोना भाइरस महामारी दोहोरो संकट हो। पहिलो, गरिब समूह भाइरस संक्रमित हुने जोखिम सबैभन्दा उच्च भएको तर उनीहरूले पाएको उत्तम गुणस्तरको चिकित्सा मौका सबैभन्दा कम छ भने दोस्रो, पछिल्लो तथ्यांकअनुसार, चालू वर्ष ११ करोड ५० लाख जना महामारीका कारण गरिबीमा पर्ने अवस्था छ।

सीआरआईका अनुसार गुटरेसले यो विशेष अवधिमा विश्वले गरिबीसँग लड्नका लागि सक्दो प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

Facebook Comments