Tue. Apr 30th, 2024

चीन-भारत सम्बन्धबारे चिनियाँ राजदूतको धारणा

काठमाडौं, २०७७ भदौं ३० गते मंगलबार

भारतका लागि चीनको राजदूतावासको वेभसाइटका अनुसार, भारतका लागि चीनका राजदूत सुन वी तुङले चीन र भारतका विदेशमन्त्रीबीचको वार्ताबारे चर्चा गर्नुभएको छ।

चीन र भारतका विदेशमन्त्रीबीच सम्पन्न भएका पाँच सहमतिबारे चर्चा गर्दै राजदूत सुन वी तुङले यो नै दुई पक्ष सही दिशातिर हिड्ने महत्वपूर्ण कदम हो भन्नुभयो। सीमा स्थितिको सुधार गर्न र दुई पक्षीय सम्बन्धको विकास गर्न राजनीतिक शक्ति प्रदान गर्नुपर्ने पनि उहाँले बताउनु भयो । उहाँले ती पाँच वटा सहमतिबारे भारतीय मिडियाको समष्टिगत सक्रिय मुल्याङ्कन आफूले हेर्नुका साथै सीमा समस्याको समाधान गर्ने दुवै पक्षको राजनीतिक इच्छा रहेको बताउनुभयो। दुई पक्षले दुई विदेशमन्त्रीबीचको सहमतिलाई सीमा लाइनमा पालना गरेर वार्ता गरेमा दुई पक्षबीच वर्तमान समस्याको समाधान गर्ने उपाय भेटिने आफ्नो विश्वास रहेको उहाँले उल्लेख गर्नुभयो।

यसैगरी भारत-चीन विदेशमन्त्री वार्ताबाट दुई देशलाई के-कस्तो प्रभाव पर्नसक्छ भन्नेबारे चर्चा गर्दै राजदूत सुन वी तुङले ठूला छिमेकीका रूपमा रहेका चीन र भारतबीच मतभेद रहनु नै सामान्य हो तर मतभेदलाई दुई पक्षीय सम्बन्धको उचित स्थानमा राख्नुपर्छ विशेष गरी चीन र भारत प्रतिश्पर्धा होइन तर सहयोगी साझेदारी हो भन्ने दुई देश नेताबीचको सहमतमा अडिग रहनुपर्छ, भन्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार  सीमा क्षेत्रको वर्तमान तथा भविष्यको स्थितिबारे चर्चा गर्दै राजदूत सुन वी तुङले दुई देशका सीमा रक्षा सेनाले वार्ता गरी ठोस समस्याको समाधान गर्न चीनले समर्थन दिनुका साथै भारतसँग कूटनीतिक तथा सैन्य तरिकामार्फत सम्पर्क गर्ने इच्छा लिएको जानकारी दिनुभयो । दुई विदेशमन्त्रीले स्थितिको सुधार भएसँगै दुई पक्षले आपसी विश्वाससम्बन्धी नयाँ कदम चालेर सीमा क्षेत्रको शान्तिको संरक्षण गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

Facebook Comments