Sat. Apr 27th, 2024

लामो दुरीका यातायात, आन्तरिक हवाई उडान, होटल तथा रेस्टुरेन्ट असोज १ गतेदेखि नै सञ्चालन हुने

काठमाडौं, २०७७ भदौं ३० गते मंगलबार

सरकारले असोज १ गतेदेखि लामो दुरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ ।

र्णय गरेको हो । तर गाडी चलाउँदा सरकारले तोेकेको स्वास्थ्य मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उज्यालो अनलाईनका अनुसार लामो दुरीका सार्वजनिक गाडी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यस्तै भौतिक दुरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइने छ । यसो गर्दा सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाउने उहाँले बताउनुभयो ।

आन्तरिक हवाई उडान, होटल तथा रेस्टुरेन्ट पनि असोज १ देखि नै खुल्ने

सरकारले अन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट पनि असोज १ गतेदेखि नै खुलाउने निर्णय गरेको छ ।

जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज १ गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

विमानमा यात्रुको सङ्ख्या सिट क्षमताको ५० प्रतिशत मात्रै राख्न पाइने छ । यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ ।

आउँदो कात्तिक १ गतेदेखि हिमाल आरोहण खोलेको तर त्यसका लागि बढीमा ७२ घण्टाअघिकाे पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ भने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।

 

Facebook Comments