Mon. Apr 29th, 2024

पीसीआर परीक्षणको मूल्य अब २ हजार मात्र

काठमाडौं, २०७७ भदौं २८ गते आईतबार

सरकारले कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

सुरुमा सरकारले ५५ सय रुपैयाँमा पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो  । भदौ १४ गते ११ सय रुपैयाँ शुल्क घटाए ४४ सय रुपैयाँ लिएर पीसीआर गर्न पाइने निर्णय गरेको सरकारले आइतबार थप २४ सय रुपैयाँ घटाएको हो ।

पीसीआर परीक्षणको शुल्क २४ सय रुपैयाँ घटेसँगै अब दुई हजार रुपैयाँमा कोरोना परीक्षण हुनेछ । सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments