Mon. Jun 15th, 2026

इजरायली सैनिकको आक्रमणमा लेबनानमा २५ जनाको मृत्यु, १६० जना घाइते   

       

बेरुत, २०८१ माघ १६ गते बुधबार । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।

सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए ।

आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् । लेबनानी बासिन्दाहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।

तर, इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ ।

सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटनाहरू आएका छन् ।  सिन्ह्वा

Facebook Comments