Thu. May 28th, 2026

उपराष्ट्रपतिसँग भारतका राजदूतको भेट

       

काठमाण्डू, २०८१ माघ ४ गते शुक्रबार । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग, नेपालको विकासका प्राथमिकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विदेशीय सहयोग र सहकार्यलगायत आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले राससलाई बताउनुभयो ।

त्यस अवसरमा राजदूत श्रीवास्तवले भारतको ‘छिमेक पहिले’ नीतिलाई निरन्तर अघि बढाएको उल्लेख गर्दै केन्द्र सरकारले गहु्ँ निर्यातमा प्रतिबन्ध लगाएको भए पनि नेपालाई दुई लाख टन गहुँ निर्यातको अनुमति दिइएको जानकारी गराउनुभएको थियो । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read