राष्ट्रपतिसँग प्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाण्डू, २०८१ पुस २६ गते शुक्रबार । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवनमा भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
राससका अनुसार त्यस अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याललगायत वरिष्ठ सरकारी अधिकारी सहभागी हुनुहुन्थ्यो ।
Facebook Comments