Wed. Jan 8th, 2025

अमेरिकाले आपूर्ति गरेका आठ वटा अत्याधुनिक क्षेप्यास्त्र खसालेको रूसको दाबी   

मस्को, २०८१ पुस २० गते शनिबार ।  रूसले अमेरिकाले आपूर्ति गरेको अत्याधुनिक (एटिएसिएमएस) क्षेप्यास्त्र खसालेको दावी गरेको छ । रूसलेविरूद्ध युक्रेनले प्रयोग गरेको एटिएसिएमएस क्षेप्यास्त्रको प्रयोगले मध्य किएभमा हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्ष युक्रेनलाई रुसविरुद्ध ३०० किलोमिटर (१९० माइल) दूरीका हतियार प्रयोग गर्न अनुमति दिनुभएको थियो ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, “रूसी हवाइ सुरक्षा प्रणालीले अमेरिकामा निर्मित आठ वटा एटीएसीएमएस क्षेप्यास्त्र र ७२ वटा ड्रोन खसालेको छ ।

मन्त्रालयले पूर्वी लुगान्स्क क्षेत्रको केही बस्तीमध्ये एक युक्रेनी गाउँ नादियालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

एएफपीका अनुसार  सन् २०२४ मा युक्रेनमा मस्कोले करिब चार हजार वर्ग किलोमिटर (१,५४० वर्ग माइल) क्षेत्रलाई कब्जा गरेको एएफपीले प्रप्त गरेको विश्वस्त तथ्याङ्कले देखाएको छ ।

दुवै पक्षले एक अर्कामाथि सन् २०१९ को सुरुदेखि नै सर्वसाधारणमाथि घातक आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रको एक गाउँमा शनिबार रूसले गरेको आक्रमणमा परी ७४ वर्षीय वृद्धको मृत्यु भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिनुभयो ।

Facebook Comments