Wed. May 27th, 2026

पेरुमा बस दुर्घटना हुँदा छ जनाको मृत्यु   

       

लिमा, २०८१ पुस २० गते शनिबार ।  उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् ।

अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो । उक्त बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो, जसमा केही यात्रुहरू हालसम्म बेपत्ता रहेका छन् ।

सिन्ह्वाका अनुसार   स्थानीय मिडियाले सडकको खराब अवस्थालाई सम्भावित कारणको रूपमा उद्धृत गरेका छन् । घटनास्थलमा प्रहरी र सिभिल डिफेन्स टोली तैनाथ भएकाले उद्धार कार्य जारी रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read