Fri. May 17th, 2024

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८३ पुग्यो

काठमाडौं, २०७७ साउन २७ गते मंगलबार

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएको हो।

मंगलबार कोरोनाले मृत्यु पुष्टि हुनेमा धनुषाका दुई, काभ्रे र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्।

धनुषाका ६० वर्षीय एक पुरुषको मृत्यु सोमबार राति भएको हो भने क्यान्सर अस्पताल जनकपुरमा कार्यरत ५० वर्षीया पुरुषको समेत कोरोनाले मृत्यु भएको छ।

सँगै काभ्रेकी ५० वर्षीया महिलाको मंगलबार ललितपुरको किस्ट अस्पतालमा मृत्यु भएको छ। सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको भने मनमोहन कार्डियो भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएको हो।

छिल्लो २४ घण्टामा नेपालमा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

Facebook Comments