Thu. May 28th, 2026

अट्ठाइस लाख जुटाएर खेलमैदान   

       

म्याग्दी, २०८१ मंसिर २८ गते शुक्रबार । अन्नपूर्ण गाउँपालिका–६ घारमा खेलमैदान बनाउन समुदायबाट रु २८ लाख ४२ हजार सङ्कलन भएको छ । साथै पालिकाले उक्त रकमबाट तीन रोपनी जग्गा खरिद गरेको छ ।

राससका अनुसार  खेलकुद गतिविधि सञ्चालन गर्न मैदान आवश्यक परेकाले जग्गा खरिद गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । “समुदायस्तरबाट सहयोग जुटाएर खरिद गरिएको जग्गामा खेलमैदान बनाउन गाउँपालिका, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, उहाँले भन्नुभयो ।

खेलमैदान बनाउन घारखोला जलविद्युत् आयोजनाले रु १३ लाख ५० हजार, रु पाँच लाख ५५ हजार चन्दा सङ्कलन, हाल जापानमा रहनुभएका घारका ददीवल खड्काबाट रु पाँच लाख, घार कोटमन्दिरबाट रु एक लाख ६५ हजारका साथै अन्य दाताबाट रकम प्राप्त भएको उहाँल जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read