Mon. May 18th, 2026

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने   

       

इस्लामाबाद, २०८१ मंसिर २२ गते शनिबार । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने समय तय गरेको छ ।

सर्वोच्च अदालतले शुक्रबार जारी गरेको कारण सूची अनुसार न्यायाधीश अमिनुद्दीन खानको नेतृत्वमा रहेको सात सदस्यीय संवैधानिक इजलासले मुद्दाको अध्यक्षता गर्नेछ ।

याचिका दुई महत्त्वपूर्ण घटनाहरूको छानबिन गर्न न्यायिक आयोगहरूको लागि इमरान खानको मागसँग जोडिएको छ ।

एएनआईका अनुसार बिहीबार पूर्वप्रधानमन्त्रीले आफ्नो आयोगको स्थापनाबारे पोष्ट गर्नुभएको थियो ।

सरकारसँग संलग्न हुन गठित वार्ता टोलीमा ओमर अयुब खान, अली अमीन गण्डापुर, साहिबजादा हमिद रजा, सलमान अक्रम राजा र असद कैसर रहेका छन् ।

शुक्रबार इमरानले यस विषयमा आफ्ना मागहरू दोहो¥याउँदै भन्नुभयो,“हाम्रा दुईवटा मागहरू छन् । घटनाहरूको स्वतन्त्र अनुसन्धान गर्न सर्वोच्च अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीशहरूको नेतृत्वमा आयोग गठन गर्नुपर्छ । अन्यायपूर्वक थुनिएका राजनीतिक बन्दीहरूलाई रिहा गरिनुपर्छ ।”

इमरानले यी मागहरू पूरा नभएमा पीटीआईद्वारा ‘नागरिक अवज्ञा, रेमिट्यान्समा कमी र बहिष्कार आन्दोलन’ सुरु गर्ने चेतावनी दिनुभयो ।

यस मुद्दाको अतिरिक्त, फेब्रुअरीको आम चुनावमा धाँधली भएको आरोप लगाउँदै पीटीआईका संस्थापकले दायर गरेको छुट्टै याचिकामा डिसेम्बर ११ मा अर्को सुनुवाइ हुने छ ।

Facebook Comments