Sat. Sep 21st, 2024

पिटर नाभारोले अन्तर्वार्तामा “चिनियाँ भाइरस” पदावली दोहोर्‍याएपछि सीएनएनका सञ्चालकद्वारा आलोचना

काठमाडौं, २०७७ साउन १६ गते शुक्रबार

अमेरिकी अर्थविद पिटर नाभारोले जुलाई २९ तारिख सीएनएनका सञ्चालक जोहन बर्मानलाई अन्तर्वार्ता दिने क्रममा धेरैपटक “चिनियाँ भाइरस” भन्ने पदावली प्रयोग गर्नु भएको छ। त्यस क्रममा सञ्चालक बर्मानले नाभारोलाई आफ्नो कार्यक्रममा “चिनियाँ भाइरस” पदावली नदोहर्‍याउने चेतावनी दिनुभएको छ। तैपनि नाभारोले उहाँको चेतावनीको बावजुद हाँस्नुका साथै लगातर रुपमा त्यो शब्दको प्रयोग गर्नु भएको छ।

नाभारोको गलत भनाइ रोक्नका लागि सञ्चालक बर्मानले निर्धारित समयभन्दा अगावै कार्यक्रमको अन्त्य गर्नुभयो। अन्त्य हुनुअघि उहाँले नाभारोको आलोचना पनि गर्नुभयो।

चिनिया अन्तर्राष्ट्रिय रेडियो सीआरआईका अनुसार नाभारोले धेरैपटक चीनको बदनाम र चीनमाथि हिलो छ्यापेको सम्बन्धमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ ली चेनले गत जुलाई ६ तारिख प्रतिकृया जनाउनुभएको थियो। तथ्य र विज्ञानको सम्मान गर्दै जनताको प्रणालाई जोगाउने कुरालाई प्राथमिकतामा राखी झुट र आफ्नो राजनीतिक स्वार्थहितलाई त्याग्न नाभारोहरूलाई चीनले सुझाएको कुरा पनि प्रवक्ता चाउले औँल्याउनुभएको थियो।

Facebook Comments