कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
काठमाण्डू, २०८१ मंसिर १ गते सोमबार । मानव तस्करीको आशंकामा पक्राउ पर्नुभएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूको निर्णयअनुसार पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डूको निर्णयअनुसार केहीबेर अघि उहाँलाई उहाँकै श्रीमतीको जिम्मामा पठाइएको छ ।”
Facebook Comments