Wed. Nov 20th, 2024

युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा   

बेरुत(लेबनान), २०८१ मंसिर ४ गते मंगलबार । अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह विच युद्धविरामको नेतृत्व गरेका छन् जसको नेतृत्व गर्दै होचस्टेन लेवनान आएको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर–७ को आक्रमणबाट गाजामा युद्ध सुरु भए देखि प्यालेस्टिनी सहयोगी हमासको समर्थनमा हिजबुल्लाहले गरेको आक्रमणामा करिव एक वर्षपछि, सेप्टेम्बर–२३ मा, इजरायलले सेना पठाउनु अघि लेबनानमा हवाई आक्रमण भएको छ ।

एएफपीका अनुसार लेबनानका एक अधिकारीले अमेरिकी युद्धविराम प्रस्तावको बारेमा सरकारको सकारात्मक दृष्टिकोण रहेको बताए भने अर्का अधिकारीले लेबनान उहाँसग निर्धारित बुँदामा समीक्षा गर्न होचस्टेनको आगमनको पर्खाइमा रहेको बताएका छन् ।

लेवनान भ्रमणको जनाकारी गराउदै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले वासिङ्टनले लेबनान र इजरायली सरकारहरूसँग निर्धारित प्रस्तावहरूमा समन्वय गरिरहेको बताउनु भएको छ ।

मिलरले अमेरिकाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ को “पूर्ण कार्यान्वयन“ को लागि दबाब दिइरहेको बताउदै लेबनानी र राष्ट्रसङ्घीय सेना बाहेक सबै सेनाहरू इजरायलको सिमाना लेबनानबाट फिर्ता लिन आवश्यक रहेका बताउनु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने सम्झौता भए पनि इजरायलले उक्त समूहलाई पुनः र्निर्माण गर्नबाट रोकी हिजबुल्लाह विरुद्ध कारबाही गर्ने“ बताउनु भएको छ ।

यस अघि एक लेबनानी अधिकारीले अमेरिकी दूत लिसा जोनसनले बिहीबार प्रधानमन्त्री नाजिब मिकाती र हिजबुल्लाह–सहयोगी संसदीय अध्यक्ष नबीह बेरीसँग उक्त योजना बारे छलफल गरेको बताउनु भएको छ ।

कुनै सहमति भएमा अमेरिका र फ्रान्सले संयुक्त विज्ञप्ति जारी गने बताउदै उहाँले ६० दिनको युद्धविराम पछि लेबनानले इजरायल नजिकैको दक्षिणी सीमा क्षेत्रमा सेना पुनः तैनाथ गर्ने बताउनु भएको छ ।

लेबनानी अधिकारीहरूले गत वर्षको अक्टोबरमा झडप सुरु भएदेखि यस क्षेत्रमा तीन हजार ५१० भन्दा बढी मानिसको मृत्यु भएको तथा सेप्टेम्बरको अन्त्यदेखि सबैभन्दा बढी मृत्यु भएको बताएका छन् ।

Facebook Comments