Mon. Apr 29th, 2024

नेपाली अमेरिकन लायन्स कल्बहरुको बैठक सम्पन्न

काठमाडौं, २०७७ साउन ७ गते बुधबार

अमेरिकामा नेपाली अमेरिकन लायन्स कल्बहरुको बैठक सफलतापूर्वक सम्पन्न भएको छ । गत शनिबार जुलाई १८ का दिन सम्पन्न उक्त बैठक नेपाली(अमेरिकन लायन्स क्लबहरु,अवसर एवम् चुनौतीहरु ” बिषयमा केन्द्रित रहेको थियो ।

लायन्स कल्ब हामी सेवा गर्छौ भन्ने मूल उद्धेश्यका साथ बिश्व प्रसिद्ध गैर मूनाफा रहित मानव सेवाका लागि स्थापित सामाजिक संस्था हो । अमेरिका भरी छरिएर रहेका नेपाली लाईन्सहरूको प्रतिनिधित्व हुने गरि लाईन्स क्लब अफ कुईन्स बुद्धको आयोजनामा सो सम्मेलन विभिन्न प्रतिवेदन पेश गर्दै परोक्ष भर्जुयल पद्धतीबाट साढे तीन घण्टासम्म चलेर भव्यरूपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कुमार कार्कीले सो बैठकलाई सम्बोधन गर्दै हामी नेपाली अरू समुदायको लागि असल भए जस्तै आफ्नो समुदायको लागि पनि असल बन्ने जीवनशैलीको विकास गर्नु पर्छ भन्नु भयो ।

लायन्स क्लब अफ इन्टरनेसनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक तथा संयोजक संजय खेतानले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली लाइन्सको सदैव उच्च स्थान रहेको बताउनु भयो । खेतानले नेपाली भाषामा लाइन्सको अन्तरराष्ट्रिय संजालस्थल (वेबसाइट) चाडै तयार हुने जानकारी पनि गराउनु भयो ।

पूर्व डिस्ट्रिक गभर्नर, डिस्ट्रिक ४-सि3 (क्यालिफोर्निया) का लागि २०१७/२०१८ का गभर्नर राजेन थापाले अमेरिकामा भएका लाइन्स क्लबहरूको अवसर र चुनौतिहरूका विविध पक्षमा प्रकाश पार्नुभयो ।

लाइन्स राज श्रेष्ठले नेतृत्वको विकास र अवसर चुनौतिको बिषयमा सविस्तार ब्याख्या गर्नु भएको थियो । उहाँले लाइन्स क्लब अन्तररास्ट्रियले कसरी काम गर्ने भन्ने तौर तरिकाहरूको जानकारी गराउनु भएको थियो । अर्का वक्ता बिएन पन्तले लियो क्लबको आवश्यकता र औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

थलराज पन्त, मिना छेत्री, संजय थापा, कपिलदेव सुबेदी, देबेन श्रेष्ठ, अस्मिता फुयालले सो बैठकमा महत्वपूर्ण विचार र सान्दर्भिक मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

सो अवसरमा लायन्स बिन्दु सापकोटाले नृत्य प्रस्तुत गर्नु भएको थियो । लायन्स क्लब क्विन्स बुद्धका अध्यक्ष रिमाया नेपालीले स्वागत मन्तव्य दिनु भएको थियो भने च्याप्टर अध्यक्ष कृष्ण आचार्यले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्मेलनलाई सफल बनाउन क्रमस दिपक राज घिमिरे,अर्जुन गौडेल,बेगम पण्डित,बुद्ध पौडेल तथा रिमाया नेपालीले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।

Facebook Comments