Fri. Oct 25th, 2024

खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु   

गाजा, २०८१ कात्तिक ९ गते शुक्रबार । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकाशं महिला तथा बालबालिका सहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय स्रोतले जनाएको छ ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनूसको अल–मनारा क्षेत्रलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँ घाइते भएकोसमेत जनाइएको छ ।

बिहिबार राति, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरको आवासीय परिसरमा हवाई आक्रमण गर्दा महिला र बालबालिका सहित कयाँै सर्वसाधारणको मृत्यु हुनुका साथै कयाँै घाइते भएको जनाइएको छ ।

सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म कम्तिमा ४२ हजार ८४७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै एक लाख ५४४ भन्दा बढी घाइते भएका छन् भने हजारौँ पीडितहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल युद्धविरामको आह्वान गर्दै अन्तर्राष्ट्रिय अदालतको निर्देशनअनुसार गाजामा नरसंहार रोक्न आग्रह गरे तापनि इजरायलको नरसंहार आक्रमणहरू निरन्तर जारी छन् ।

Facebook Comments